सरकारी छाप कीर्ते गर्ने फरार १८ वर्षपछि पक्राउ

झापा, ३ मंसिर । सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए । 

सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो । सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार पक्राउपछि जिल्ला अदालतमा पेश गरेको र पिसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गायक महेन्द्र राई र गायिका दिपा तामाङको ‘जोडि मिल्छ च्याटै’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको

काठमाडौँ, १६ चैत । यशराज फिल्म्को जासूस ब्रह्माण्डमा भिलेनको रुपमा बबी देओल देखिंदैछन् । डेडलाइन म्यागजिनको रिपोर्टअनुसार उनी आलिया भट्ट

काठमाडौँ, १५ चैत । महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को प्रदर्शन मिति तय भएको

काठमाडौँ, १५ चैत । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ । द हिडन ट्रेजरले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै