आज ५८० वर्षयताकै लामो चन्द्र ग्रहण लाग्दै

काठमाडौँ, ३ मंसिर । शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ ।

यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ । विज्ञानका अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021