सांसद बस्नेतद्वारा दिव्यडाँडा खानेपानीको उद्घाटनः सिपाडोल जाने सडक शिलान्यास

भक्तपुर, २ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले दिव्यडाँडा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं. ९ चामुथलीमा नवनिर्मित दिव्य डाँडा खानेपानी उपभोक्ता समितिको एक लाख लिटर क्षमताको पानी ट्याङ्कीको आज उद्घाटन गरिएको हो । उक्त आयोजना सञ्चालनमा आएसँगै तीन सय ५० घरपरिवार लाभान्वित भएका छन् ।

कार्यक्रममा सांसद बस्नेतको साथमा बागमती प्रदेश सभा सदस्य शशिजंग थापा, सूर्यविनायक नगरपालिकाका उपमेयर जुना बस्नेत र वडा अध्यक्ष उपेन्द्र केसीको उपस्थितिमा समुद्घाटन सम्पन्न गरिएको हो । त्यस्तै सांसद बस्नेतले हिजो सूर्यविनायक नगरपालिका वडा नं. ८ जगाती, बाँसिडोल हुँदै सिपाडोल ९भक्तपुर ईट्टा टायल पर्खालसँगै० जाने बाटो ८ मिटर चौडा विस्तार र स्तरोन्नतीका लागि शिलान्यास गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै नेता बस्नेतले भक्तपुरमा जनताको आवश्यकता र चाहना अनुसारका आयोजनाहरु क्रमिक रुपमा निर्माण सम्पन्नताको चरणमा रहेको उल्लेख गर्नुभयो । जनताको अति आवश्यक पर्ने खानेपानी, सडक तथा स्थास्थ्य क्षेत्रमा नगरपालिकामा ऐतिहासिक कामहरु भएको उल्लेख गर्दै सांसद बस्नेतले इट्टा टायल पर्खालबाट सिपाडोलसम्म जाने सडकलाई ४५ लाख र उपभोक्ताबाट गरी करिव ५५ लाखको लागतमा सडक निर्माण शुरु गरिएको जानकारी गराउनुभयो । असमझदारीलाई समझदारीको साथ आयोजना निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उहाँले सडक निर्माणसँगै जनताको जीवनस्तरमा आमुल परिवर्तन भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021