दुई जना मृत अबस्थामा फेला

काठमाडौँ, २ मंसिर । गुल्मी र पाल्पामा दुईजना मृत फेला परेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–२ बाख्रेछेडा बस्ने ६२ बर्षीय थानेश्वर सारुको शव भिरमा फेला परेको हो । उनी गुल्मीकै इस्मा गाउँपालिका–२ ताल्तुङ्गका स्थानीयवासी हुन्  ।

प्रहरीका अनुसार गएराती २ बजे ती वृद्ध मदिरा पिएर बाहिर निस्किएका थिए । उनको परिवारले खोजतलासका लागि निवेदन दिएलगत्तै प्रहरी निरीक्षक सन्तोष चन्दको कमाण्डमा खटिएको टोलीले उनको शव फेला पारेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यस्तै पाल्पाको सर्दिखोला किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ तानसिङ्गलस्थित बलबहादुर विककी ३२ वर्षीया श्रीमती सुमित्रा विकको शव फेला परेको हो । उनको शव घरदेखि ७ किलोमिटर दूरीमा पर्ने सर्दीखोलामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ  । नेपाल सुनचाँदी महासंघका अनुसार

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021