पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास

काठमाडौँ, २ मंसिर । सर्वोच्च अदालतको फुल कोर्ट(पूर्ण बैठक)ले पेशी तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली र निर्देशिका पास गरेको छ ।

बिहीबार सर्वोच्च अदालतमा बसेको बैठकले नियमावली र निर्देशिका पास गरेको हो । योसँगै अब पेशी तोक्दा गोलाप्रथा लागू गरिनेछ । सर्वाेच्चका न्यायाधीशहरूले पनि यही माग गर्दै आएका थिए ।फुल काेर्ट बैठक बस्ने भएपछि प्रधानन्यायाधीशकाे पेशी ताेक्ने अधिकार खाेसिएकाे हाे । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाउनुभएको फुलकोर्ट बैठकमा भने उहाँ भने उपस्थित हुनु भएको थिएन । उहाँ बाहेक सर्वाेच्चका १९ जना न्यायाधीशले गरेको निर्णयमा जबराले हस्ताक्षर भने गर्नुभएको छ ।

सो नियमावली र निर्देशिका बिहीबारै कानुन मन्त्रालयमा पठाइने भएको छ । कानून मन्त्रालयबाट प्रक्रिया अघि बढेपछि निर्देशिकाहरू राजपत्रमा प्रकाशित हुनेछन् । सर्वाेच्च प्रशासनका अनुसार राजपत्रमा प्रकाशित भएपछि मात्रै सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिनेछ । योसँगै अब आइतबारबाट नियमित इजलास बस्ने वातावरण तयार भएको सर्वाेच्च प्रशासनकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परामर्श सेवा

काठमाडौँ, १५ चैत । काठमाडौँ महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली,

काठमाडौँ, १५ चैत । बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका चार दलबीच बिहीबार ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा

काठमाडौँ, १५ चैत । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनमा लगानी बढाउन लगानी कर्ताहरूलाई आह्वान गरेका छन्