देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्छ : मन्त्री कार्की

सुनसरी, २ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन काँग्रेसले मात्र सक्ने दाबी गरेका छन् । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकहीमा नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर ४ को क्षेत्रीय अधिवेशनलाई उद्घाटन गर्दै मन्त्री कार्कीले उनले जनताको अभिलाशा तथा अकांक्षा पूरा गर्ने एकमात्र पार्टी कांग्रेस मात्र भएको बताए । 

जनताको अधारभूत आवश्यक्ता शिक्षा, स्वास्थ्य, सडक, बत्तीलगायत विकास निर्माण विभिन्न कार्य पूरा गर्ने पार्टी काँग्रेस नै भएको मन्त्री कार्कीले दाबी गरे । उनले काँग्रेस सबै जातजाति, भाषा, धर्म, संस्कृति र देशका कुनै पनि कुनामा बसेका व्यक्तिको साझा पार्टी भएको बताए । मन्त्री कार्कीले पार्टीलाई बालियो र प्रभावकारी बनाउन सबै एकजुट हुन आवश्यक रहेकामा जोड दिए । काँग्रेसको नेतृत्वमा वडादेखि केन्द्रसम्ममा योग्य सक्षम र कांग्रेसको सङगठनलाई बलियो बनाउन सक्ने नेतृत्वलाई चयन गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाली काँग्रेस १ नम्बर प्रदेश संसदीय दलका नेता राजीव कोइरालाले सहमति, सहकार्य र एकतालाई अवलम्बन गर्न आग्रह गरे । कार्यक्रममा सङ्घीय सांसद सीताराम मेहता, इनरुवा नगर प्रमुख राजन मेहता, हरिनगरका अध्यक्ष गफार अन्सारी, सुनसरी कांग्रेसका सचिव केदार भण्डारी, कोषाध्यक्ष पङ्कज महतो, पूर्वसभापति रामबहादुर बस्नेत, प्रदेशका सभापति हारुण अन्सारी र उपेन्द्र कटवाललगायतका नेताको सहभागिता थियो । कार्यक्रम क्षेत्री सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021