टुट्यो पाँच दलीय गठबन्धन

काठमाडौँ, २ मंसिर । कांग्रेसले इन्जिनियर्स एशोसिएशनमा गठबन्धनबाट निर्वाचन नलड्ने भएसँगै सत्तारुढ दल निकट पाँच दलीय गठबन्धन टुटेको छ ।

आगामी मंसिर २४ गते हुने इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा गठबन्धन टुटेको छ । गठबन्धन बनाउन हिजोसम्म सम्पूर्ण पदहरुमा मनोनयन गरिसक्नुपर्ने समय निर्धारण गरिएको थियो । जसमा गठबन्धनको तर्फबाट संयुक्त रुपमा मनोनय हुन सकेन । आ–आफ्नो दलको तर्फबाट मनोनयन भएसँगै इन्जिनियरिङको निर्वाचनमा गठबन्धन नहुने पक्का भएको हो ।

गठबन्धन भएमा दुई पक्षीय भिडन्त हुने लगभग पक्का जस्तै थियो । जसमा गठबन्धन र अर्को पक्ष नेकपा एमाले नेतृत्वको इन्जिनियरिङहरुको संगठनसहितको प्यानलबीच प्रतिष्पर्धा हुने थियो । पाँच दलीय गठबन्धनका इन्जिनियरिङ संगठनहरुले निर्वाचनको मितिलाई सारेर गठबन्धन गर्ने रणनीति अपनाएपनि सो कुरामा सफल हुन सकेनन् । एमाले निकट संगठनले कडा रुपमा प्रदतिवाद गरेसँगै गठबन्धन टुट्दै एकल एकल निर्वाचनमा जाने निश्चित भएको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस बाहेक नेकपा एकिकृत समाजवादी पार्टी, माओवादी केन्द्र, र जनता समाजवादी पार्टी (जसपा) का इन्जिनियरहरुले गठबन्धन गरेका छन् । उपेन्द्र यादव समूह पनि आफैमा विभाजित रहेको छ । त्यस्तै ठूलो इन्जिनियरको हिस्सा महन्त ठाकुर समूहमा रहेको देखिन्छ । महन्त ठाकुर समूह र एमालेको गठबन्धन रहेको छ । पेसागत ठाउँमा कांग्रेससँग सहकार्य नहुनुले आम राजनीतिमा विशेष अर्थ राखेको छ । योसँगै एमाले र महन्त समूहले विजय हासिल गर्ने सम्भावना बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले

काठमाडौँ, १६ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २१ सय