आजको मौसम

काठमाडौँ, २ मंसिर । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अरब सागरमा बनेको निम्न चापीय क्षेत्र उच्च नबनेको अवस्थामा यसको धेरै प्रभाव नेपालमा पर्दैन । निम्न चापीय क्षेत्र रहेको अवस्थामा नेपालमा वर्षा हुने सम्भावना खासै हुँदैन । यसको उच्च प्रभाव नेपालमा खासै परेको रेकर्ड छैन । 

हाल वायु प्रदूषण कारण भारतको राजधानी दिल्लीका अधिकांश विद्यालय बन्द गरिएका छन् । अवस्था बढ्दै गएर केही दिन त्यहाँ लकडाउन हुने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । त्यस्तै आज दिउँसो प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।


राति प्रदेश १, वाग्मती, लुम्बिनी, गण्डकी तथा कर्णाली प्रदेशका भू–भागहरू आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । काठमाडौँमा आज विहान ६ बजे ९ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । दिउँसो यो तापक्रम बढेर २८ डिग्रीसम्म पुग्ने पूर्वानुमान छ । आज वाग्मती र गण्डकीका हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । यद्यपि, यसको सम्भावना निकै न्यून रहेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021