आजको राशिफल

विसं २०७८ साल मंसिर ०२ गते, बिहीबार, कात्तिक शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १८ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । दक्षिणायन । हेमन्त ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– चुतुर्दशी, ११ः३९ बजे उप्रान्त पूर्णिमा । नक्षत्र– भरणी, , २५ः२८ बजे उप्रान्त कृत्तिका । योग– वरियान्, २८ः०७ बजे उप्रान्त परिघ । करण– वव १३ः३९ बजेदेखि भद्रा, २४ः२९ बजे उप्रान्त कौलव । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ सूर्यास्त बेलुकी ५ः०९ बजे ।

मेष : शत्रु बढ्नेछन् । गोपनीयताको निकै ख्याल राख्नुहोला । सन्ध्याकालदेखि स्वास्थ्यमा समस्या आउनसक्छ । स्वास्थ्यको ख्याल राख्नुहोला ।

वृष : आफन्तको सहयोग प्राप्त हुनेछ । लामो दूरीको यात्रा गर्ने अवसर प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्न सक्छ । सामाजिक आर्थिक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाउने कार्यमा खटिने छ ।

मिथुन : यात्रामा समस्या उत्पन्न हुने देखिन्छ तथा महत्वपूर्ण सामाग्री हराउन सक्नेछ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । राजनैतिक उपलब्धि प्राप्त हुनेछ ।

कर्कट : स्वास्थको कारणले महत्वपूर्ण कार्य रोकिने छ । अध्ययनमा रुचि कम हुनेछ । सामान्‍य कुरामा विवाद उत्पन्न हुनेछ । कम बोल्नुहोला भने रोकिएको प्रेम सम्बन्ध अगाडि बढ्नेछ ।

सिंह : अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । व्यापारि वर्गको लागि महत्वपूर्ण दिन रहनेछ । मध्यान्हपाछि नसोचेको दुःखद् खबर सुन्नु पर्नेछ ।

कन्या : पारिवारिक तथा सामाजिक कार्यमा व्यस्त भइनेछ । मानसम्मान प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ । प्रेम प्रस्ताव आउनेछ । दिन शुभ बित्नेछ ।

तुला : व्यापार व्यवसायमा आर्थिक संकट आउने देखिन्छ । निकै सजक रहनुहोला सामाजिक प्रतिष्ठामा पनि केहि नोक्शानी हुनसक्नेछ । सन्ध्याकालपछि नसोचेको खुशी प्राप्त हुनेछ । यात्राको क्रममा महत्त्वपूण निर्णय भेटघाट हुनेछ ।

वृश्चिक : राजनैतिक प्रतिष्ठा बढ्नेछ । रोजगारिका पदोन्नति प्राप्त हुनेछ । व्यपारिक वर्गको लागि महत्वपूर्ण समय रहनेछ । स्वास्थ्यमा ध्यान दिनु होला ।

धनु : प्रेम प्रेमिका विचको सम्बन्ध प्रागढ हुनेछ । बुवाआमासँग केही समयको लागि टाढिन पर्ने देखिन्छ । राम्रोसँग अध्ययन गर्नुहोला, निर्णाक समय रहेको छ । राजनैतिक क्षेत्रमा संकट उत्पन्न हुनेछ ।

मकर : दाम्पत्य जीवनको सुरुवात हुनेछ । बोलिको प्रभाव बढ्नेछ । विशेष दायित्व वहन गर्नुपर्ने हुन्छ । प्रेमिकाको स्वास्थ्यमा आउनेछ । निर्णाय कार्य गरिने छ।

कुम्भ : सामान्य कुराले पनि ठूलो समस्या निम्त्याउने छ । प्रेमप्रेमिका विवाद हुनेछ । व्यपार व्यवसायमा आर्थिक संकट आउनेछ । स्वास्थ पेटसम्बन्धी समस्या आउनेछ ।

मीन : कार्य व्यस्तताले परिवारलाई समय नदिनाले किचलो बढ्नेछ । विद्यार्थी वर्गको लागि निकै राम्रो समय तथा दिन रहनेछ । वैदेशिक कार्य बन्नेछ । प्रेमप्रस्ताव आउनेछ ।्र राजनैतिक प्रतिष्ठा बढ्ने छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ बैशाख । आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल ।  मेष : प्रतिस्पर्धामा विजयी बन्ने योग छ। मन खुशी

नारायणगढ, ६ बैसाख । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत

काठमाडौँ, ६ बैशाख । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड