संयुक्त राष्ट्र संघको कानुनी कमिसनमा भारतका विमल पटेल निर्वाचित

संयुक्त राष्ट्र संघ, १ मंसिर । भारतको राष्ट्रिय रक्षा विश्वविधालयका प्राध्यापक र राष्ट्रिय सुरक्षा समितिका सदस्य विमल पटेल सन् २०२३ जनवरी १ वाट आगामी ५ वर्षका लागि संयुक्त राष्ट्र संघ को कानुनी कमिसनमा निर्वाचित भएका हुन् । उनले संयुक्त राष्ट्र संघ को अन्य देशका प्रतिस्पर्धीहरु सँग कडा प्रतिस्पर्धात्मक चुनावमा जितेका हुन् ।

एसिया प्यासिफिक क्षेत्रबाट ८ सिटका लागि ११ जना उम्मेदवारको कडा प्रतिस्पर्धा थियो । संयुक्त राष्ट्र सङ्घमा भारतका प्रतिनिधि टिएस त्रिमुर्तिले ट्विट गर्दै पटेललाई बधाई ज्ञापन गर्नका साथ राष्ट्र संघका अन्य सदस्य राष्ट्रहरूलाई भारतप्रतिको विश्वासका लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।

१९२ सदस्य राष्ट्रहरु मध्य १६३ भोट भारतको उम्मेदवारको पक्षमा खसेको थियो । यी एसिया प्यासिफिक देशका समूहमा चीन, दक्षिण कोरिया, जापानहरू लगायतका देश पनि थिए । भारतले १६३ भोट पाएकोमा थाइल्यान्डले १६२ भोट, १६४ जापान र १४५ भियतनामले भोट पाएको थियो । प्राध्यापक विमल पटेलले भारतका विशिष्ट पदहरूमा सेवा गरेका छन्, गुजरात नेशनल कानुन विश्वविद्यालयका डाइरेक्टर जनरल भइसकेका पटेल भारतका २१सौं कानुन कमिसनका सदस्य पनि हुन् । आफ्नो कार्यकालमा प्रतिभावान् शिक्षाविद्, कानुनविद् र न्यायधिश का रूपमा ख्याति कमाएका पटेल ले १५ वर्ष यूनाइटेड नेशन आफ यूथ एण्ड अर्गनीजेशन फर प्रोहिबिशन अफ केमीशल वेपन जस्ता विश्वस्तरिय सङ्गठनहरूमा नेदरल्याण्डसको हेगमा काम गरिसकेका छन् भनी राष्ट्रिय रक्षा विश्वविधालयको वेबसाइटमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021