आफ्नै गाउँबाट लखेटिए कांग्रेसका मन्त्री: कार्यकर्ताको हातपात प्रयासपछि भागेर पुगे प्रहरी चौकी

जनकपुर, १ मंसिर । प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव आफ्नै गाउँमा नेपाली काँग्रेसकै कार्यकर्ताबाट लखेटिएका छन् ।

कार्यकर्ताले हातपातको प्रयाश गरेपछि मन्त्री यादव भागेर प्रहरीको शरणमा पुग्नुपरेको छ । मन्त्री यादव नेपाली काँग्रेसको वडा अधिवेशनका लागि मुखियापट्टी मुसहरनिया गाउँपालिका पुगेका थिए ।

वडा अधिवेशनमा हस्तक्षेपको प्रयास गर्दा कार्यकर्ताहरु हातपातको प्रयास गरेको स्थानीय एक नेताले बताए । ती नेताका अनुसार हातपातको प्रयास भएपछि मन्त्री यादव भागेर प्रहरी चौकी बहेडाबेला पुग्नुभएको हो । हातपातमा उत्रेका कार्यकर्ताहरुले र पार्टी उपसभापति विमलेन्द्र निधिको समर्थनमा नाराबाजी समेत गरेका छन् ।

काँग्रेस संसदीय दलका नेता समेत रहेका मन्त्री यादव विगतमा उपसभापति निधिनिकट नै थिए । उनले अहिले निधीको साथ छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021