सभापति पदमा लड्छु : महामन्त्री कोइराला

सङ्खुवासभा, १ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताएका छन् ।

आज सङ्खुवासभा आउने क्रममा तुम्लिङटार विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री कोइरालाले १४औँ महाधिवेशनमा पार्टी सभापतिमा लड्ने बताए ।

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनको भनाइ थियो । उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए । उनले भने, “आगामी चुनावमा कुनै पार्टीसँग तालमेल हुँदैन । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति गरेको छैन ।” नेपाली कांग्रेसले वर्तमान सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको उनको भनाइ छ । कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021