म प्रधानमन्त्री नभएपनि शक्तिशाली नै छुः अध्यक्ष प्रचण्ड

महोत्तरी, १ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री नभएपनि शक्तिशाली नै रहेको दावी गर्नुभएको छ ।

बुधबार महोत्तरीमा पार्टीद्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गठबन्धनमा आफू शक्तिशाली भएको कारणले विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताउँदै चुरे दोहनमा राजनीति लागेको भएको पनि दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने उल्लेख गदैृ अध्यक्ष प्रचण्डले समग्र मधेशमा सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको बताउनुभयो । प्रदेश २ माओवादी केन्द्रको कब्जामा नआएसम्म मधेशको कुनै कल्याण नहुने दावी गर्दै उहाँले प्रदेश २ मा पार्टीलाई सबभन्दा बलियो बनाउने गरी काम गर्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021