काँग्रेस बुढो भयो, चार हात टेकेर हिँड्छ : अध्यक्ष ओली

नेपालगञ्ज, १ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो भएको उल्लेख गर्दै अहिले कांग्रेस चार हात टेकेर मात्र हिँडिरहेको दावी गर्नुभएको छ ।

बुधबार नेपालगञ्जमा विभिन्न पार्टीका कार्यकर्तालाई पार्टी प्रवेश गराउने कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक इतिहासमा पुरानो इतिहास बनाएको काँग्रेस अहिले हराउँदै र बिलाउँदै गएको बताउनुभयो । अध्यक्ष ओलीले काँग्रेस कहाँ गयो भन्ने प्रश्न गरिरहेको समेत उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काँग्रेस त प्रचण्ड पथमा गयो गयो, काँग्रेस त प्रचण्ड पथमा लागिसक्यो । काँग्रेसका कार्यकर्ता के हेरेर अझै काँग्रेसमा बसिरहेको भन्दै प्रश्न गरिरहेका छन् । कहाँ छ विपी कोइरालाको काँग्रेस ? गणेशमानको काँग्रेस, कहाँ छ कृष्णप्रसाद भट्टराई हुँदाको काँग्रेस ? अहिले त प्रचण्डले जे अह्रायो त्यहीँ ।’

काँग्रेसलाई अहिले एउटा प्रधानमन्त्रीको कुर्सी भए पुगेको भन्दै अव काँग्रेस एक्लै एमालेसँग चुनाव लड्न नसक्ने दावी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘चार हात टेकेर हिँड्छ काँग्रेस । चुनावसम्म गठबन्धन रे, म काँग्रेसलाई सोध्न चाहान्छु एमालेसँग एक्लै चुनावमा लड्ने दम छ रु सक्छ एमालेसँग एक्लै लड्न काँग्रेसले रु काँग्रेस हिजोको छैन बुढो भयो । अव काँग्रेस अरूसँग तालमेल मिलाउँदा मिलाउँदै कहाँ पुग्ने हो थाहा छैन ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ बैशाख । ‘कौन बनेगा करोडपति’ मार्फत अमिताभ बच्चनको पुनरागमन हुने भएको छ । भारतीय टिभी रियालिटी शोको १६

काठमाडौँ, ४ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन सहकुलपति(मन्त्री) भएपनि हस्तक्षेप नगर्ने बताएकी छिन्

काठमाडौँ, ४ बैशाख । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री जोशी  नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ

काठमाडौँ, ४ बैशाख । डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग