काठमाडौँ, १ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४९ जना कोरोना भाइरस पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०२, भक्तपुरमा १५ र ललितपुरमा ३१ गरी १४९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६४५ पुगेको छ ।