मुद्रा र बहुमूल्य गहनासहित दुई जना पक्राउ

कञ्चनपुर, १ मंसिर । विभिन्न देशका मुद्रा र बहुमूल्य गहनासहित प्रहरीले दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बेङगलोरबाट सामान चोरी गरी ल्याएका कञ्चनपुर बेलौरीको फटैयाका ३८ वर्षीय लालचन्द्र शाही ठकुरी र कैलालीको लम्किचुहा नगरपालिका-१ चिसापानीका ३८ वर्षीया विष्णु शाहीलाई नेपाल भारत सीमा बेलौरी नगरपालिका-१ फटैया दशगजाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुवै जनाको साथबाट भारतीय रकम ४३ हजार ९०० रूपैयाँ, हङकङ डलर ४०, थाइल्याण्ड भाट एक हजार २६०, अमेरिकी डलर एक हजार पाँच, क्यानेडियन डलर दुई हजार ८१०, मेलेसियन रिङगिट २३, सिंगापुर डलर १८, कतारी रियाल एक, दुबई दिराम १३०, चाइना युवान १६१ बरामद गरिएको छ ।

यसैगरी सुनको गहना पत्थरसहित ४३९ दशमलब ८९ ग्राम, सुनको पत्थरसहित एक हजार ४७१ दशमलव १८ ग्राम, बिना पत्थरको सुन ४३९ दशमलव ८९ ग्राम र विभिन्न रंगका पत्थर एक हजार ९९८ ग्राम र चार वटा ल्यापटप बरामद गरिएको छ । पक्राउ परेका उनीहरूमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021