एमाले पश्चिम नवलपरासीको क्षेत्र नं. १ बाट ६ प्रतिनिधि निर्वाचितः अधिकारी र भुसाललाई सर्वाधिक मत

पश्चिम नवलपरासी, ३० कार्तिक । नेकपा एमालेको १०औं महाधिवेशनको प्रतिनिधिको लागि पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट ६ जना छनौट हुनुभएको छ ।

देशका धेरै ठाउँहरुमा प्रतिनिधि छनौट हुँदा सर्वसम्मत भएता पनि पश्चिम नवलपरासीमा भने मतदान नै भएको छ । जसबाट प्रतिनिधि छनौट हुनेमा खुल्ला तर्फ दिपेन्द्र कुमार अधिकारी, धिरज शर्मा बस्याल, रामप्रसाद अर्याल, बद्री खनाल निर्वाचित हुनुभएको छ । त्यस्तै महिला तर्फ सरिता भुसाल (खनाल) र सिन्धु जलेसा (बुढाथोकी निर्वाचित हुनुभएको छ ।

प्रतिनिधि छनौट प्रक्रियामा भएको निर्वाचनमा दिपेन्द्र कुमार अधिकारीले सर्वाधिक मत प्राप्त गर्नुभएको छ । उहाँले १७ सय १५ मत ल्याई निर्वाचित हुनुभएको हो । उहाँले जम्मा मतको ७६.२५ प्रतिशत मत प्राप्त गर्नुभएको हो । उहाँ प्रदेशसभा सदस्य समेत हुनुहुन्छ भने नेकपा विभाजन भएको समयमा समेत जिल्ला कमिटीको अध्यक्ष भई कुशलतापूर्वक जिम्मेवारी पुरा गर्नुभएको थियो । त्यस्तै उहाँले आफ्नो जिल्लाको दक्षिणी भेगमा पार्टी तथा संगठन निर्माणमा खेल्ुभएको भूमिका समेत अतुलनिय रहेको त्यहाँका एमालेका कार्यकर्ताले बताए । आगामी दिनमा समेत अधिकारीको नेतृत्व पार्टी तथा प्रदेशको लागि अपरिहार्य रहेको कार्यकर्ताको माग रहेको छ । त्यस्तै महिलामा धेरै मत ल्याउने सरिता भुसाल खनाल हुनुभएको छ । उहाँले १०९४ मत प्राप्त गर्नुभएको छ ।

मत परिणाम

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021