विद्युत् खपतका लागि विशेष कार्ययोजना बनाएर लागु गर्छौँ : प्रधानमन्त्री देउवा

काठमाडौँ, ३० कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सवारीसाधनको प्रवर्द्धन, इन्डक्सन चुल्होको प्रयोगमा बढावा दिन सरकारले विशेष कार्ययोजना बनाएर लागु गर्ने बताउनुभएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (ईपान)को १९औँ र २०औँ वार्षिक साधारणसभालाई मंगलबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो देशको विद्युत् खपतका लागि सरकारले विशेष कार्ययोजना बनाएर लागु गर्ने बताउनुयो । केही वर्षपछि विद्युत् उत्पादनमा नेपालको नेतृत्वदायी भूमिका हुने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले ऊर्जा क्षेत्रमा रहेका समस्या समाधानका लागि सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराउने विश्वास पनि दिलाउनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले देशभित्रै बिजुलीको खपतका लागि कार्ययोजना नै बनाएर अघि बढेको बताउनुभयो । सोलारमा राज्यको नीतिका विषयमा छलफल आवश्यक रहेको भन्दै उहाँले विद्युत् व्यापारमा उठेका विषयलाई पनि सम्बोधन गर्न तयार रहेको बताउनुभयो ।

ईपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न आफूहरू तयार भएको भन्दै यसका लागि राज्यले उचित नीति बनाउनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021