मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

जनकपुरधाम, ३० कार्तिक । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रदेश २–०३–००४ प ९५३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा इश्वरपुर-१२ का २२ वर्षीय सुरज मुर्मथान मगर र सोही ठाउँका मुकेश निमेलको मृत्यु भएको हो ।

ईश्वरपुर नगरपालिका-१२ घारीबथानस्थित भित्री सडक खण्डमा आफैं अनियन्त्रित भई रुखमा ठोक्किँदा जना गम्भीर घाइते भएका थिए । टाउकोमा गम्भीर चोट लागेका मगरलाई उपचारको लागि गढीमाई अस्पताल लालबन्दी लगिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । यस्तै दाहिने तिघ्रा भाँचिएर टाउकोमा गम्भीर चोट लागेका निमेललाई नेशनल मेडिकल कलेज वीरगञ्ज पठाउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021