अफगानिस्तानमा भएका कुराहरूले यस क्षेत्रलाई नै प्रभाव पार्दछ : अजित दोभल

एजेन्सी, ३० कार्तिक । लेटेस्टली डटकमको एउटा समाचारका अनुसार भारतका सुरक्षाविद् अजित दोभलले क्षेत्रीय सुरक्षा संवाद कार्यक्रमका दौरान अफगानिस्तानको घटनाक्रमहरुले अफगानीहरूलाई मात्र नभई समग्र क्षेत्रका देशहरू र छिमेकी देशहरूमा समेत गहिरो प्रभाव पार्दछ । उन्का अनुसार उक्त सुरक्षा संवाद विशेषतः अफगानिस्तानको विषयमा केन्द्रित थियो, भारतले अफगानिस्तानका पछिल्ला घटनाक्रमहरूलाई नजिकबाट हेरिरहेको समेत दोभलले बताएका छन् । 

पाँच वटा एसियाली देशका सुरक्षा सल्लाहकारहरू उक्त भेलामा सहभागी भएका थिए, ती देशहरूमा ताजाकिस्तान, किर्गिस्तान, काजकिस्तान, उज्बेकिस्तान र टुर्कमेनीस्तान थिए । यसका साथै नयाँ दिल्लीमा भइरहेको उक्त सुरक्षा संवादमा रुस र इरानको पनि सहभागिता रहनेछ । भारतको परराष्ट्र मन्त्रालयले पनि संवादको एक दिन अगावै अफगानिस्तानको पछिल्ला घटनाक्रमहरूलाई नजिकबाट हेरिरहेको जनाएको थियो । 

इरानले पनि यस्तै धारणा सहित पछिल्लो सुरक्षा संवादको आयोजना गरेको थियो । यस पटकको सुरक्षा संवादले अफगानिस्तानका जनताहरूको शान्ति, स्वतन्त्रता र समृद्धिलाई पुनर्स्थापना गराउने विषयमा विश्लेषण गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021