टिम बनाउने कसरतमा सभापति देउवा

काठमाडौँ, ३० कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवशनमा आफ्नो समूह निर्माणका लागि छलफल सुरु गरेका छन् । मंसिर २४ का लागि तोकिएके १४औं महाधिवेशनले नयाँ नेतृत्व मात्र छनोट गर्ने भएपछि सोमबार आफ्नै निवास बूढानीलकण्ठमा निकटहरूको भेला राखेका हुन् ।

जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताले जित्नुपर्नेमा जोड दिँदै सहभागी नेताले प्रदेश सभापतिसहित पदाधिकारी र केन्द्रमा पनि आफ्नो समूह तत्काल घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।

भेलाको सुरुमा महामन्त्री पूर्णबहादुर खड्काले आफ्नो समूहबाट १४औं महाधिवेशनमा सभापतिको एक मात्र उम्मेदवार वर्तमान सभापति शेरबहादुर देउवा रहेको धारणा राख्दै उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा भने आकांक्षी धेरै रहेको भन्दै एजेन्डा पेस गरेका थिए ।

संस्थापन समूहकै नेता एवं पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, खड्काले त्यस विषयलाई निकट भेलामा नराखेपछि सहभागी श्रेष्ठले आफू सभापतिको दाबेदार रहेको भन्दै देउवालाई सरकार सञ्चालन गर्न र पार्टी नेतृत्वमा आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021