उपभोक्ता समितिमार्फतको काम रोक्दा पुँजीगत खर्चमा असर

काठमाडौँ, ३० कार्तिक । सहरी विकास मन्त्रालयले तत्काललाई उपभोक्ता समितिमार्फत गरिने खरिद कार्य रोक्दा पुँजीगत खर्चमा त्यसको असर देखिने सम्भावना बढेको अर्थ मन्त्रालयले बताएको छ । चालू आर्थिक वर्षमा पुँजीगत खर्च निकै नै न्यून भएको अवस्थामा अर्थ मन्त्रालयले प्रतिस्थापन बजेटमार्फत उपभोक्ता समितिमार्फत खर्च गर्ने योजना अगाडि सारेको थियो । तर, एक करोड रुपैयाँभन्दा कम लागतका आयोजनाहरू सहरी विकास मन्त्रालयले रोक्दा त्यसको प्रत्यक्ष असर पुँजीगत खर्चमा देखिने अर्थ मन्त्रालयले आंकलन गरेको छ ।

सरकारको निर्णयले उपभोक्ता समितिबाट हुने अनियमितता रोकिने भए पनि त्यसको असर पुँजीगत खर्चमा भने देखिने पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा बताउँछन् । “मन्त्रीको यस निर्णयका सकारात्मक र नकारात्मक दुवै पाटा छन्,” उनले भने, “उपभोक्ता समितिमार्फत धेरै अनियमितता भएका प्रतिवेदन आएका छन् । त्यसलाई त नियन्त्रण गर्ला तर, उपभोक्ता समितिमार्फत हुने खरिद कार्यलाई रोक्दा अवस्य नै पुँजीगत खर्च भने कम हुन्छ ।”

बजेट सुनिश्चित भइसकेपछि भन्दा पनि बजेट भाषणमार्फत यस्ता निर्णय गर्दा त्यसले सकारात्मक प्रभाव पार्ने उनको तर्क छ । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदनमा समेत उपभोक्ता समितिमार्फत भएका खरिद परियोजनामा अनियमितता भएको उल्लेख छ । 

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले उपभोक्ता समितिमार्फत हुने खरिद प्रक्रियालाई रोक्ने निर्णय गरे पनि नगरपालिका संघले भने त्यसलाई नमान्ने बताएको छ । यो समाचार कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021