आजको राशिफल

विसं २०७८ साल कात्तिक ३० गते, मंगलबार, मंगलबार, आश्विन शुक्लपक्ष । ईश्वी सन् २०२१ नोभेम्बर १६ तारिख । नेपाल संवत् ११४१ । कछलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– द्वादशी, ९ः२० बजे उप्रान्त त्रयोदशी । नक्षत्र– रेवती, २२ः०० बजे उप्रान्त अश्विनी । योग– सिद्धि, २८ः०७ बजे उप्रान्त व्यतीपात । करण– वालव ९ः२० बजेदेखि कौलव, २१ः४४ बजे उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ सूर्यास्त बेलुकी ५ः०९ बजे ।

मेष : सामाजिक कार्यमा सक्रिय रुपमै लागिपरिनेछ । मनमा उत्साह थपिने छ । पारिवारिक भेटघाटका क्रममा आर्थिक खर्च बढ्नेछ ।

वृष : कार्य कुशलता तथा आर्थिक समृद्धि हासिल गरिनेछ । महत्वपूर्ण भेटघाट तथा पारिवारिक मिलन हुनेछ ।

मिथुन : स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विद्यार्थी वर्गको लागि शुभ दिन रहनेछ । धार्मिक यात्रा गरिनेछ । प्रेम प्रस्ताव आउनेछ ।

कर्कट : मनोरञ्जनका साथ दिन बित्नेछ । व्यापारिक वर्गको लागि शुभ रहनेछ भने कृषक वर्गको लागि केहि समस्या थपिनेछ ।

सिंह : काम गर्ने उत्साह थपिनेछ । अध्ययनको लागि यात्रा लामो यात्रा गर्नु पर्ने हुन्छ । स्वास्थ्यले पूर्ण साथ दिनेछ । राजनैतिक तिक्तता बढ्नेछ ।

कन्या : मनमा उत्साह उमङ्ग थपिनेछ । मध्यान्हपछि महत्वपूर्ण भेटघाट हुनेछ । प्रेम प्रेमिकाको भेटघाट पनि हुनेछ ।

तुला : आर्थिक समृद्धिको बाटोमा अग्रसर भइनेछ । प्रेमिकाको पूर्ण सहयोग प्राप्त हुनेछ । पुराना साथीभाइसँग भेटघाट हुनेछ । हनुमानको सेवा आरधना गर्नु होला।

वृश्चिक : आर्थिक अभावका कारणले गर्दा व्यापार व्यवसायमा समस्या थपिनेछ । सामान्‍य कुराले पनि ठूलो रूपलिन सक्नेछ । कम बोल्नु नै कल्याण हुने छ ।

धनु : शत्रु बढ्नेछन् । हिड्दा बोल्दा ध्यानदिनु पारिवारिक सहयोग प्राप्त हुनेछ । मनमा अनेकौ योजनहरु आउनेछन् । अध्ययराम्रो हुनेछ ।

मकर : व्यापार तथा सामाजिक कार्यमा दिन व्यतित हुनेछ । बोलिको प्रभाव बढ्ने छ । केही महत्वपूर्ण सामाग्री हराउन सक्नेछ । पेरसम्बन्धी समस्या आउन सक्नेछ ।

कुम्भ : लामो दुरिको यात्रा गरिनेछ । वैदेशिक कार्यहरु बन्नेछन् । मनमा उत्साह थपिनेछ । प्रेम मिलन हुनेछ । राजनैतिक सम्मान प्राप्त हुनेछ ।

मीन : अनावश्यकरुपमा खर्च नगर्नु । मध्यान्हदेखि आर्थिक अभाव हुनेछ । शत्रुद्वारा कार्यवाध श्रृजना गर्नेछन बोल्दा कम बोल्नु होला । कुलदेवताको सेवा गर्नु राम्रो हुनेछ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । तेह्रथुममा ४५ बर्सिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला

पोखरा, १६ चैत । घान्द्रुकमा पर्यटन महोत्सव हुने भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको आयोजनामा चैत २७ देखि ३०

काठमाडौँ, १६ चैत । भक्तपुरको सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी बसन्त

काठमाडौँ, १६ चैत । काठमाडौँबाट पेस्तोल लगायत अवैध हातहतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँले