एमाले अध्यक्ष ओली धनकुटाको छिन्ताङमा

धनकुटा, २९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनकुटा पुगेका छन ।

४३ औं छिन्ताङ स्मृति दिवसका अवसरमा सहिदभूमि गाउँपालिकामा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने अध्यक्ष ओली छिन्ताङ पुगेका हुन ।

त्यस्तै आज माओवादी र कांग्रेस त्यागेर ठूलो संख्यामा मानिसहरु एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ । करिब २ हजार नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने बताइएको छ ।

यसैगरी छिन्ताङ सहिद परिवारसँग पनि अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा नेकपा एमाले संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021