तीर्थालु बोकेको जीप दुर्घटना : चार जनाको मृत्यु

काठमाडौँ, २९ कार्तिक । ओखलढुंगामा एकादशी मेलाका तीर्थालु सवार प्रदेश नम्बर ३–०१०२२ च ९६९४ नम्बरको बोलेरो  जिप दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । तीन जनाको घटनास्थलमै र एक जनालाई उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृत्युहरूमा ३५ वर्षीया मिठुमाया मगर, वर्ष १६ वर्षीया तुलसा मगर र खगेन्द्र मगर रहेका छन् । एक जनाको सनाखत भइसकेको छैन ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर रहेका चार जनालाई उपचारका लागि मुस्ताङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइसकिएको छ । च्यानमबाट चम्पादेवी ककनी जाँदै गरेको जिप आज बिहान सुनकोशी गाउँपालिका-९ मा दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

टोकियो, २१ मंसिर । जापानका नवनियुक्त परराष्ट्रमन्त्री योशिमासा हयासीले बिहीबार चीनको सैन्य आक्रमणबाट उत्पन्न सुरक्षा चुनौतीहरूको बीचमा विश्वव्यापी मूल्यमान्यता र

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021