आजको राशीफल

आज मिति २०७८ साल कात्तिक २९ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर १५ तारिख ।

मेष : व्यपार व्यवसायदेखि मनग्य आम्दानी हुनेछ । स्वास्थ्यले साथ दिनेछ । पारिवारिक भेटघाटले दिन सुखमय तरिकाले बित्ने छ । अध्ययन सफल रहनेछ ।

वृष : शारीरिक तथा मानसिक स्फूर्ती बढ्नेछ । रोकिएका कार्य बन्नाले मन प्रफुलित हुनेछ । सामाजिक पद प्रतिष्ठा बढ्नेछ ।

मिथुन : अध्ययन अध्यापनको सिलसिलामा यात्रा गरिनेछ । आर्थिक समृद्धि हासिला हुनेछ । बोलिको प्रभाव बढ्नेछ । महत्वपूर्ण सामग्री हराउन सक्नेछ ।

कर्कट : मनमा अनेकौ योजनहरु बनाइनेछ । कार्यव्यसताले भेटघाट रोकिनेछ । बोल्दा निकै विचार गर्नुहोला ।

सिंह : अध्ययनको लागि आर्थिक अभाव हुन सक्नेछ । विश्वसिलो व्यक्तिबाट धोखा पाइनेछ । राजनैतिक किचलो बढ्नेछ ।

कन्या : बोलीको आभावले रोकिएका कामहरु बन्ने छन् । मित्रजनको सहयोग मिल्नेछ । प्रेमाप्रेमिका विच विवाद मिल्ने छ ।

तुला : आर्थिक समृद्धि प्राप्त हुन्छ भने व्यवहार सुधार हुनेछन् । स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । खानपिनमा ध्यान दिनुहोला । प्रेमिका देखि टाढिनु पर्नेछ ।

वृश्चिक : शत्रु बढ्ने छन्  । आफन्तको सहयोग प्राप्तहुने छैन, भने आर्थिक अभाव हुनाले निकै कष्टकर दिन हुनेछ । हनुमान चालिसा पाठ गर्नु तथा नारायणको दर्शनगर्नाले मनमा शान्ति हुनेछ।

धनु : व्यपार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ भने साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुनेछ । आर्थिक लेनदेन गर्दै नगर्नु होला । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

मकर : सोचेअनुसार कार्य सम्पन्न हुनेछ । मनमा अनेक योजनाहरू बन्नेछन् । मिग बन्धुसंग सामान्य कुरामा पनि ठूलो विवाद हुनसक्ने हुदा कम बोल्नु तथा भेटघाट नगर्नु राम्रो हुनेछ ।

कुम्भ : रोकिएका कार्य सम्पन्न हुनेछन् । यात्रा गर्नुपर्ने हुन्छ । यात्रामा प्राविधिक समस्या आउनाले केहिबेर झन्झट व्योहोर्नु पर्ने हुन्छ । कुकुर अथवा बाँदरलाई केही खुवाउनु होला ।

मीन : वैदेशिक तथा आन्तरिक कार्यमा समस्या देखा पर्नेछ । साथिभाईको सहयोग भने मिल्नेछ । अध्ययन गर्ने रुचि बढ्नेछ । केहि खराब निर्णय हुनजानेछ । सल्लाह गरेर मात्र कार्य गर्नुहोला ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021