चुनावमा गठबन्धन हुन्न, कांग्रेस एक्लै लड्छ: सभापति देउवा

काठमाडौँ, २८ कार्तिक । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा अन्य पार्टीसँग गठबन्धन नगर्ने बताउनुभएको छ ।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति देउवाले नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने बताउनुभयो । चुनावमा तालमेल गर्ने कुनै सहमति नभएकोसमेत सभापति देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आगामी चुनावमा गठबन्धन हुन्न, हामी एक्लै लड्ने हो ।’

प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र (समन्वय समिति) राष्ट्रिय सभाको उपनिर्वाचनसम्मका लागि बनाइएको स्पष्ट पार्नुभयो । बैठकमा सभापति देउवाले राष्ट्रिय सभाको उपनिर्वाचनभन्दा उता संयन्त्रले काम नगर्ने स्पष्ट पार्नुभयो ।

देउवानिवास बूढानीलकण्ठमा जारी बैठकमा नेता प्रकाशमान सिंहले राजनीतिक संयन्त्रप्रति प्रश्न उठाएपछि देउवाले यसको जवाफ दिनुभएको हो । गत कात्तिक २२ मा बसेको सत्ता गठबन्धनको बैठकले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोकत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र (समन्वय समिति) गठन गरेको थियो । जसको कांग्रेसका नेताहरूले विरोध जनाउँदै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021