मौन बसे कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ : नेता थापा

काठमाडौँ, २८ कार्तिक । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सर्वोच्च अदालतको विवादमा मौन बसे पार्टीले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभएको छ ।

आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता थापाले पार्टीको मौनतामाथि प्रश्न उठाउनुभयो । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउँदै कांग्रेस केन्द्रीय सदस्य थापाले बैठकमा भन्नुभयो, ‘अदालतमा जे भइरहेको छ, त्यसमा हामी यत्तिकै बस्यौं भने कांग्रेस र व्यवस्था दुबैले ठूलो मूल्य चुकाउनुपर्छ ।’

सत्तारुढ दलहरुको समन्वय समितिमा पनि यसबारे छलफल गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलको पनि ध्यानाकर्षण गराउनुभयो । केन्द्रीय सदस्य थापाले नेता पौडेललाई अदालतको विषयमा समन्वय समितिमा छलफल गरेर निकास दिनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसन आन्दोलनरत छ भने सर्वोच्च अदालतकै न्यायाधीशहरु पनि इजलासमा बसेका छैनन् । तर सरकार र सत्तारुढ दलहरु यो विवाद अदालतको आन्तरिक भएकाले उसैले सल्टाउने भन्दै मौन बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021