विवेकशील साझा पार्टीका १३ नेताद्वारा सामूहिक राजीनामा

काठमाडौँ, २८ कार्तिक । विवेकशील साझा पार्टीका सचिवालय सदस्य महेश भण्डारीसहित गण्डकी प्रदेशका १३ जनाले पार्टीबाट राजीनामा दिएका छन् ।

पार्टीको गण्डकी प्रदेश संयोजकसमेत रहेका भण्डारीले १७ साउनमा राजीनामा दिएका हुन् भने थप १२ जनाले हालै सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा पार्टीका केन्द्रीय अभियान विभाग सदस्य समेत रहेका केन्द्रीय सदस्य दीपक पौडेल, पार्टी तथा युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, गण्डकीका प्रदेश सदस्य एवं कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, पदम न्यौपाने र तनहुँ जिल्ला संयोजक एवं गण्डकी प्रदेश सदस्य सागर घिमिरे छन् । युवा संगठनका केन्द्रीय सदस्य मनिषा मगर, व्यास नगर संयोजक तथा प्रदेश सदस्य सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भीमनारायण कोइराला, बाग्लुङ जिल्ला संयोजक सुरज श्रेष्ठ र म्याग्दी जिल्ला संयोजक विश्वराज अछामेले पनि राजीनामा दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गर्दै उनीहरुले अध्यक्ष रवीन्द्र मिश्रको प्रस्तावमाथि असहमति जनाएका छन् । उनीहरुले भनेका छन्, ‘पद्दति, पारदर्शिता, इमान्दारिता, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरु नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुँदैनौं । वैकल्पिक राजनीतिलाई विवकेशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशय्यामा पुर्‍याएको हाम्रो ठहर छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021