चितवन, २८ कार्तिक । नेकपा (एमाले) चितवनले पार्टीको दशौं महाधिवेशनका लागि तीन निर्वाचन क्षेत्रबाट २८ प्रतिनिधि सर्वसम्मत चयन गरेको छ ।
चितवन निर्वाचन क्षेत्र नं. १ मा खुल्लातर्फ जेएन थपलिया, दावालामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस),नारायण वन, यादव पाठक, कमल पाठक, महिलामा प्रभा वराल, सुनिमाया चोपाङ, विमला दवाडी, चितवन क्षेत्र नं. २ बाट खुल्लामा कृष्णभक्त पोखरेल, विजय सुवेदी, बाबुराम खरेल, टीका रिजाल, तेजेन्ऽबहादुर खड्का, पुरुषोत्तम न्यौपाने, महिलामा सूर्यवदना हमाल, शान्ती अधिकारी, माया सिलवाल चयन भएका छन् ।
यस्तैं, चितवन निर्वाचन क्षेत्र नं. ३ मा खुल्लातर्फ हरिप्रसाद सापकोटा, रामप्रसाद न्यौपाने, कृष्णप्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना, महिलातर्फ पार्वती रावल, सरस्वती विष्ट दलिततर्फ शिवकुमारी गोतामे र श्यामलाल विक चयन भएका छन् । यसैबीच एमालेले जिल्लाका एक महानगरसहित तीन पालिकामा रोकिएको अधिवेशन पनि सम्पन्न गरेको छ ।
कालिका नगरपालिकामा केशव लामा, राप्ती नगरपालिकामा पूर्णबहादुर थापा र माडीमा नारायण अधिकारीलाई अध्यक्ष चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।