कार दुर्घटनामा हुँदा चार जनाको मृत्यु

रौतहट, २८ कार्तिक । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौर भन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चौक नजिकै शनिवार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा खसेको थियो ।

मृत्यु हुनेमा २० देखि २५ बर्षका चार भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । चारैजनाको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौँ, १२ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विदेशी मुद्राको बिनीमय दर अनुसार यस प्रकार रहेको छ । Exchange

काठमाडौँ, ११ मंसिर । कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले सबैलाई अनुकूल हुने गरी दूधको मूल्यवृद्धि गर्नुपर्ने बताएका छन् ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021