तीन बुँदे सहमति कार्यान्वयन नभए फेरि विद्रोह हुन्छ : विप्लव

काठमाडौँ, २८ कार्तिक । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफैंले गरेको तीन बुँदे सहमति कार्यान्वयनबाट सरकार पछि हट्न थालेको आरोप लगाएका छन् । तीन बुँदे सहमति भएको एक वर्षसम्म पनि कार्यान्वयन नभएको बताउँदै उनले सहमति कार्यान्वयन गर्न आनाकानी गरे फेरि विद्रोह हुने चेतावनी दिएका छन् ।

‘सहमति भएको एक वर्षसम्म पनि सरकार आफ्ना वाचा पूरा गर्न आनाकानी गरिरहेको छ,’ शनिबारदेखि धनगढीमा सुरु भएको दलित मुक्ति मोर्चा नेपालको पाँचौं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै महासचिव विप्लवले भने, ‘सहमति कार्यान्वयन नगर्नु सरकारको कमजोरी हो । हामीलाई घेराबन्दी पार्न खोजे फेरि विद्रोह हुन सक्दछ ।’

उनले आफ्नो पार्टीसँग हतियार नभएको बताए । अहिले चौतर्फी रूपमा विप्लवसँग हतियार छ भन्ने आवाज उठ्न थालेको बताउँदै उनले आफ्नो पार्टीसँग कुनै हतियार नभएको बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021