प्रधानन्यायाधीश मात्र होइन, सबै न्यायाधीशलाई कारबाही गर्नुपर्छ : नेता रायमाझी

काठमाडौँ, २७ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मात्र कारवाही गर्ने नभई परमादेश जारी गर्ने पाँचै जना न्यायाधिसलाई कारवाही गर्नुपर्ने बताउनुभएको छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले एमाले प्रधानन्यायाधिस जबरालाई महाभियोग लगाउने पक्षमा नभएको स्पष्ट पार्नुभयो । परमादेशको, अध्यादेशलगायतका गैरसंवैधानिक गतिविधिहरुमा प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरूको सहकार्य गरेर कतिपय निर्णय गरिएको उल्लेख गर्दै नेता रायमाझीले जसमा वकिल, बार एशोसिएसशनका पदाधिकारीहरूको पनि सहमति रहेको दावी गर्नुभयो ।

नेता रायमाझीले भन्नुभयो, ‘उहाँमाथि महाभियोग लगाउनेतिर हामीले सोचिरहेका छैनौँ । यो पाँच दलीय गठबन्धन, सरकारका समर्थक, आफूलाई न्यायमूर्तिहरू ठान्नेहरू र वकिलहरूले ल्याएको विषय हो । न्यायपालिकामाथि पनि अहिले जे–जे भइरहेको छ, चाहे त्यो परमादेशको सन्दर्भमा होस्, अध्यादेशको सन्दर्भमा होस, प्रधानन्यायाधीशलगायतका न्यायाधीशहरूको सहकार्य गरेर कतिपय निर्णय गरिएको छ, जसमा वकिलहरूको पनि सहमति छ । बार एशोसिएसशनका पदाधिकारीहरूको पनि सहमति छ, उनीहरूको सहमतिमा काम गरिएको छ । बदमासी, गलत निर्णयहरू गरिएको थियो । अनि प्रधानन्यायाधीशलाई मात्रै दोष थुपार्ने कोसिस भइरहेको छ । यो विचित्र र विडम्बना हो । निर्णय सबै न्यायमूर्तिहरूले गरेका हुन् । सबैले राजीनामा दिनुपर्यो , सबैले कारबाही भोग्नुपर्योे ।’

त्यस्तै, रायमाझीले एमसीसीमा भएका गलत प्रावधान हटाएरमात्रै संसद्बाट पारित गरिनुपर्ने अडान राख्नुभयो । उहाँ भन्नुभयो, ‘मैले त पहिले पनि भनेको छु, एमसीसीमा भएका राष्ट्रका अहितका प्रावधान हटाएर पास गर्नुपर्छ । होइन भने खारेज गर्नुपर्छ । मैले हुबहु पास गर्ने भनेकै छैन । यो मेरो व्यक्तिगत कुरा हो । तर, एमसीसीलाई लिएर सरकार यसमा अलमलिएर बसिरहेको छ। झुण्डिएर बसिरहेको छ। हामीले त आफ्नो धारणा राखेका छौँ । सरकारले कसरी विषयवस्तु ल्याउँछ रु आफ्नो धारणा ल्याओस् ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021