ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

धनकुटा, २७ कार्तिक । पाख्रीबास नगरपालिका-८ लुम्बुवा टोलस्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाख्रीबास नगरपालिका-७ थाक्लेका २१ वर्षीय टंकबहादुर तामाङ रहेका छन् । शनिबार दिउँसो साढे दुई बजे पाख्रीबासबाट घामेतर्फ जाँदै गरेको को२त १०४३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरको इन्जिनको भागले च्यापेर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।