अटो रिक्सा दुर्घटना हुँदा एक जनाको मृत्यु

सुर्खेत, २७ कार्तिक । सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे१ह–८४४, नम्वरको अटो रिक्सा अनियन्त्रित भएर सडकको कलभर्टमा ठोकिएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा दुई जना सामान्य घाईते भएका छन । अटो रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिएर दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । डोटीमा वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ चैत । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले

काठमाडौँ, १६ चैत । नेपाल विद्युत् प्राधिकरणले तत्काल बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ । देशभरका विभिन्न स्थानीय तहले

काठमाडौँ, १६ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस