सुपथ मूल्यका पसल माघीसम्म सञ्चालन हुने

काठमाडौँ, २७ कार्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सुपथ मूल्यका पसल आउँदो माघीसम्म सञ्चालन गर्ने भएको छ। 

कम्पनीले दशैँ, तिहार र छठलाई लक्षित गरेर गएको असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । तर पछिल्लो निर्णय अनुसार आउँदो माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय भएको र त्यसैअनुसार परिपत्र गरेको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले बताउनुभयो ।

कम्पनीले काठमाण्डौ उपत्यकासहित उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौँडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत ठाउँबाट खाद्य वस्तु सहुलियत दरमा चामल, नुन, चिनी, तेल, गेडागुडीलगायत खाद्यवस्तु बिक्री वितरण गर्दै आएको छ । 

सहुलियत पसलमा उपभोक्ताले सबैखाले खाद्य वस्तुमा कम्तीमा दुई रुपैयाँदेखि बढीमा १० रुपैयाँसम्म प्रतिकिलोमा छुट पाउँछन् । नुन प्रतिकिलो दुई रुपैयाँ, चामल, दाल, फापर पिठोमा प्रतिकेजी पाँच, तोरी र सनफ्लावर तेलमा प्रतिलिटर पाँच तथा भटमासको तेलमा प्रतिलिटरमा १० रुपैयाँ छुट छ । यसैबीच साल्ट टेड्रिङ कर्पोरेसनले दशैँ, तिहार, छठको अवसरमा सुपथ मूल्य पसलमार्फत झण्डै चार करोड रुपैयाँको कारोबार गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021