सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछ : मन्त्री शर्मा

कास्की, २७ कार्तिक । अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताएका छन् । 

प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उनले सञ्चार जगत्ले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिए । सङ्घीय लोकतान्त्तिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्षलाई स्थापित गर्ने र परिर्वतनको रक्षा गर्दे कार्यान्वयनमा रहेका अपूर्णतालाई पूर्णताका लागि सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने काम सञ्चारकर्मीको रहेको मन्त्री शर्माले बताए ।  

नवनिर्वाचित अध्यक्ष कृष्ण दवाडीले पत्रकारिता तालिमलगायतबाट सञ्चारकर्मीको क्षमता विकास गर्दै पत्रकारिताको गुणात्मक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021