मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

महोत्तरी, २७ कार्तिक । महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै छ । 

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडबाडमा गनिन्छ ।

पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला(धातृ)को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा आज महोत्तरी जिल्लाका गाउँ नगर बस्तीमा बिहानैदेखि युवा पङ्क्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ । पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी) सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको  मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताउनुभयो ।

पर्वमा खास गरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका बासिन्दा शिवनारायण झा बताउनुहुन्छ । पर्व विशेषमा जिल्लाको बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरी डाँडा वन पार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौँ वनभोजका टोली पुगेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा सुनिल दाहालको भनाइ छ ।

मिथिलामा आजको दिनलाई कुष्माण्डा नवमीसमेत भनिने गरिएको छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंश वध गर्न पूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार डा राजेन्द्रप्रसाद विमल बताउनुहुन्छ । कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ । 

इच्छित कामना पुरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला ९धातृ० को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमीसमेत भन्ने गरिएको डा विमल बताउनुहुन्छ । अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले सुरु गरेका मैथिल युवा बताउँछन् ।रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021