काँग्रेसका परम्परागत गुट भत्किँदै

काठमाडौँ, २७ कार्तिक । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा परम्परागत गुटभित्रै खटपट सुरु भएको छ । सभापति शेरबहादुर देउवाका अत्यन्त निकट मानिएका विमलेन्द्र निधिले केही महिनाअघि मात्र देउवाको साथ छोडेका थिए । संस्थापन इतर रामचन्द्र पौडेल समूहका प्रकाशमान सिंह पनि उक्त गुटबाट अघोषित रूपमा अलग भएका छन् ।

पौडेल समूहले सभापतिमा साझा उम्मेदवार घोषणा गर्ने तयारी गरेका बेला सिंह अलग भएका छन् । शुक्रबार पौडेल पक्षको गुटको भेलामा सिंह गएनन् । त्यसो त पौडेल र सिंहबीच पछिल्लो समय टेलिफोन वार्ता पनि नभएको सिंह निकट एक नेताले बताए  सिंह व्यक्तिगत काम विशेषले काठमाडौँ बाहिर रहेको उनी निकट नेताहरूको भनाइ छ ।

१० वटा निर्वाचन क्षेत्र तथा संघीय राजधानी भएको काठमाडौँबाट आफू निकट मन्त्री नपाएपछि नेता सिंह पौडेलसँग असन्तुष्ट बनेका हुन् । मन्त्रिपरिषद् विस्तारमा सिंह पक्षलाई मन्त्रीमा सिफारिस गर्ने विषयमा पौडेल समूहमा छलफलसमेत नभएको नेताहरू बताउँछन् । त्यति बेला पौडेल निकट दिलेन्द्र बडू कानुनमन्त्री बने भने शशांक कोइराला निकट मीनेन्द्र रिजाल रक्षामन्त्री बनेका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

वाशिङ्टन, २१ मंसिर । पूर्व अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आइतबार बेइजिङको शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कारको आह्वानलाई समर्थन गरे । चिनियाँ

बेइजिङ, २१ मंसिर । कल्पना गर्नुहोस्, एक क्षणको लागि चीनमा बस्ने मानिसहरूलाई संसार कस्तो देखिन्छ। संसारको सबैभन्दा ठूलो र सबैभन्दा

काठमाडौँ, २१ मंसिर । सोमबार बंगलादेश र भारत बीचको कूटनीतिक सम्बन्धको ५० औं वर्ष पुगेको छ । यहि दिन भारतले बंगलादेशलाई

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ । म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021