महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने सक्षम शक्तिका रुपमा खडा गर्छ: अध्यक्ष ओली

काठमाडौँ, २६ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी १०औैँ राष्ट्रिय महाधिवेशनले एमालेलाई राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानको नेतृत्व गर्न सक्षम सवल शक्तिका रुपमा खडा गर्ने बताउनुभएको छ ।

देशभरी एकैसाथ महाधिवेशन प्रतिनिधि छनोटका सन्दर्भमा आज भिडियो सन्देश जारी गर्दै उहाँले महाधिवेशनले पार्टी निर्माण, विस्तार र एकता प्रक्रियालाई नयाँ उचाई प्रदान गर्ने दावी गर्नुभयो । करिब तीन वर्षसम्म निष्क्रिय र अस्तव्यस्त अवस्थामा रहेका पार्टी सङ्गठन अहिले जुर्मुराउँदै अगाडी बढेको उल्लेख गर्दै अध्यक्ष ओलीले एमालेको कमिटीमा नयाँ जीवन सञ्चारित हुँदै गएको समेत उल्लेख गर्नुभयो ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गते चितवनमा हुँदै छ । महाधिवेशनका लागि शनिबार एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021