एकिकृत समाजवादीद्वारा केन्द्रीय कमिटी बैठकका एजेन्डा तय

काठमाडौँ, २६ कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले शनिबारबाट सुरु हुने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गरेको छ ।

शुक्रबार काठमाडौँमा बसेको पार्टीको स्थायी कमिटी बैठकले शनिबार र आइतबार काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको एजेन्डा तय गरेको हो । केन्द्रीय कमिटीको पहिलो दिन शनिबार केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइने छ ।

त्यस्तै, बैठकमा संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट गएका मन्त्रीहरूबाट जानकारी लिने र प्रदेश १ र वाग्मती प्रदेशका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुने कार्यसूची तय भएको । त्यस्तै बैठकको दोस्रो दिन केन्द्रीय सचिवालय र कार्यालयहरूबाट भएका काम कारबाहीहरू अनुमोदन हुनेछन् । त्यस्तै बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने र समसामयिक प्रस्ताव पारित गर्दै बैठक सकिने बताइएको छ ।

केन्द्रीय कमिटी बैठकमा नेकपा समाजवादीले सातवटै प्रदेशबाट पार्टीको अवस्थाका बारेमा रिर्पोट लिने तय गरेको छ । नेकपा ९एकीकृत समाजवादी० ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । मुलुकका अत्यन्त दुर्गम र विकट स्थानमा रहेका वस्तीहरुमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्याउन नेपाल टेलिकमले

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार

जनकपुरधाम, १२ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी छन् । जिल्ला

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021