माओवादी नीति : ‘एक व्यक्ति, एक पद’

काठमाडौँ, २६ कार्तिक । नेकपा माओवादी केन्द्रले विधान संशोधन गरेर पार्टीमा ‘एक व्यक्ति, एक समिति’को नीति लागू गरेको छ ।

पुसमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको माओवादीले भोलिदेखि वडा तहको सम्मेलन गर्दैछ । त्यसको अघिल्लो दिन केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले विधानमा संशोधन गरेको छ । अब एक व्यक्ति एक पदको नीति लागू भएको छ । यो निर्णयअनुसार कुनै पनि व्यक्ति एउटा कमिटीमा मात्र बस्न पाउँछन् ।

बैठकले स्थानीय कमिटीको पदाधिकारी संख्या पनि थपेको छ । अब हरेक पालिका कमिटीमा तीन उपाध्यक्षसहित सात पदाधिकारी हुनेछन् । यसअघि एक उपाध्यक्ष मात्र रहने व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।