भारतका विदेशमन्त्री एस जयशंकर र सेनापती प्रभुराम शर्माबीच भेट

काठमाडौँ, २६ कार्तिक । भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएको एक दिनपछि आज बिहिवार भारतका विदेशमन्त्री एस जयशंकर र नेपालका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटघाट भएको छ।

बिदेशमन्त्री जयशंकरले शर्माको भ्रमणले नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धको महत्वलाई जोड दिएका छ्न। “नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई स्वागत गर्न पाउँदा खुसी लाग्यो। उहाँको भ्रमणले हाम्रो सम्बन्धको घनिष्टतालाई जोड दिन्छ,” मन्त्रीले ट्विट गरे।

यसअघि बुधबार दिल्लीस्थित राष्ट्रपति भवनमा राष्ट्रपति रामनाथ कोविन्दले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेका थिए । “राष्ट्रपति कोविन्दले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाको मानार्थ जनरलको दर्जा प्रदान गर्नुभएको छ,” राष्ट्रपति भवनले ट्वीट गरेको छ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति भारतको चार दिने भ्रमणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021