भान्सामा सिलिन्डर ‘बम’

काठमाडौँ, २६ कार्तिक । ललितपुर मंगलबजारनजिक एक घरमा कात्तिक १९ गते ग्यास सिलिन्डर बिस्फोट हुँदा चार जनाको मृत्यु भयो । मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाति निर्जल छन् । महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रज्वल महर्जनका अनुसार सुरुमा घरको तेस्रो तलामा बालेर छाडेको दियोबाट पर्दा जली आगलागी भएको देखिन्छ । त्यसपछि चौथो तलास्थित भान्साको सिलिन्डर आगोले भेटेर पड्किएको थियो ।

ललितपुरकै हौगालस्थित तामापित्तल वेल्डिङ गर्ने कारखानामा ग्यास सिलिन्डर पड्किँदा घटनास्थलमै एक र उपचारका क्रममा अन्य दुई जनाको मृत्यु भयो। मृत्यु हुनेमा धु्रव ताम्राकार, राजेश ताम्राकार र सुरेश ताम्राकार छन् । यी दुवै घटनाबारे जानकार भीम शाक्यका अनुसार कात्तिक १९ गते एउटा सिलिन्डर भने केही भएको थिएन। ‘आगलागीकै कारण हो भने दुवै सिलिन्डर पड्किनुपर्ने हो’, ललितपुर महानगरपालिका १२ नवाहल टोल सुधार समितिका अध्यक्षसमेत रहेका शाक्य भन्छन्, ‘दुवै घटनामा पड्किएका सिलिन्डर पुरानो र मिति सकिएको भन्ने सूचना पाएको छु ।’

उनका अनुसार सिलिन्डर सुरक्षित र नयाँ भइदिए बिस्फोट हुँदैनथ्यो। सुनसरीको इटहरी उपमहानगरपालिका–११ खनारका ८८ वर्षीय दुर्गाप्रसाद काफ्ले पनि १० वर्षअघि यस्तै दुर्घटनामा परेका थिए । हलेसी महादेव दर्शनमा हिँडेका बेला उदयपुर कटारीमा टोलीकी एक महिलाले खाना पकाउने क्रममा एक्कासि ग्यास सिलिन्डरमा आगो बल्यो । उनले पानी ल्याएर खन्याइन् । त्यसपछि बिस्फोट हुँदा काफ्ले गम्भीर घाइते भए। उनी डेढ महिना उपचारपछि निको भए। ती महिलाको भने उपचारका क्रममा मृत्यु भयो ।

प्रहरीसँग यस्ता घटनाको तथ्यांक छैन। ‘यस्तो प्रकारका घटनालाई भवितव्यअन्तर्गत राखिने भएकाले तथ्यांक नभएको हो’, प्रहरी प्रवक्ता वसन्त कुँवर भन्छन्, ‘सिलिन्डर पड्किएर भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ। हामीले तथ्यांक संकलन गर्न थालेका छौं ।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021