महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा

काठमाडौँ, २६ कार्तिक । आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन् । सभापति देउवाले बिहीबार बालुवाटारमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, उपसभापति विजयकुमार गच्छदारलगायतका नेतासँग छलफल गर्नुभएको थियो ।

उक्त छलफलमा आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरी सम्पर्क कार्यालयसमेत राखेर तयारी अघि बढाइरहेका उपसभापति विमलेन्द्र निधिको सहभागिता रहेको थियो । सहमहामन्त्री डा. महतले नेपाल सभापतिसँगको भेट नियमित र सामान्य भएको प्रतिक्रिया दिए । स्रोतका अनुसार बिहीबारको छलफल विशेष गरी निधिलाई पनि आफ्नो टिममा समेटेर देउवाले आसन्न महाधिवेशनमा पुनः नेतृत्वको दाबी गर्ने रणनीतिस्वरूप भएको हो ।

काँग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म गर्ने कार्यतालिका छ । महाधिवेशनको तयारीबारे छलफल गर्न र कात्तिक २८ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न कात्तिक २७ गते पदाधिकारी बैठक बस्ने कांग्रेस सहमहामन्त्री डा. महतले जानकारी दिए । कांग्रेसको आसन्न महाधिवेशनमा संस्थापनइतर समूहले देउवाविरुद्ध एकमात्र साझा उम्मेदवार दिन नसकिरहेका बेलामा देउवाले भने आफ्नो नेतृत्वमा टिमसहित महाधिवेशनमा होमिने तयारी गरिसकेका छन् ।

संस्थापनइतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौलाले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताउँदै आएका छन् । यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021