चरेससहित एक जना महिला पक्राउ

गोरखा, २५ कार्तिक । झन्डै १५ किलो चरेससहित एक महिलालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार लाप्राकबाट छेवेटार आउँदै गरेको बा २० च ९३३२ नम्बरको जीपमा झन्डै १४ किलो परिमाणमा चरेससहित धार्चे गाउँपालिका ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङलाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोस्ट चनौटेले हिजो बुधवार राति जाँच गर्ने क्रममा गुरुङले बोकेको पहेंलो रङ्गको बोराभित्र प्लास्टिकको थैलोमा छुट्टाछुट्टै पोका बनाइएको चरेस बरामद भएको हो । पक्राउ परेकी गुरुङले आफ्नो बारीमा फलेको गाँजाबाट आफैँले चरेस उत्पादन गरेको प्रारम्भिक बयान दिएकी छन् । प्रहरीले लाप्राकमा रहेको उनको घरमा जाँच गर्दा थप चार सय ग्राम चरेस र तराजु बरामद गरेको हो । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिनको समय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021