पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसे: नेता ज्ञवाली

भरतपुर, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप ज्ञवालीले पाँच दलीय गठबन्धनलाई सिद्धान्तले नभई फेविकोलले टाँसेको आरोप लगाउनुभएको छ ।

एमाले भरतपुर महानगर कमिटीको नयाँ नेतृत्वलाई गराइएको शपथग्रहण कार्यक्रममा ज्ञवालीले कुन फेविकोलले टाँसेको भन्ने प्रष्ट नभएपनि सिद्धान्त नमिल्दासम्म एकै ठाउँमा उभिनु अचम्म भएको बताउनुभएको हो ।

१० तिर फर्किएका पार्टीवीच गठबन्धन भएको भन्दै संघीयता खारेजी गर्नुपर्छ भन्ने जनमोर्चाका चित्रवहादुर केसीदेखि सात वटा नभई सकेसम्म १४ वटा प्रदेश बनाउनुपर्छ भन्ने उपेन्द्र यादव, संविधान खारेज गर्नुपर्छ भन्ने उपेन्द्र यादव र संविधान जोगाउन लागिरहेको भन्ने काँग्रेस एकै ठाउँमा आउनु सिद्धान्तको गठबन्धन नभएको उहाँको भनाई थियो ।

आगामी चुनावसम्म गठवन्धन रहन्छ भन्ने अभिव्यक्ति नेकपा एमालेसँग डराएर दिएको अभिव्यक्ति भएको भन्दै ज्ञवालीले आगामी चुनावमा सानदार बहुमतले विजयी हुनेगरी लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको