तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त

दमौली, २५ कार्तिक । तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन् ।  दश स्थानीय तहमध्ये ऋषिङ , घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

दोस्रो लहरमा फैलिएको कोरोना सङ्क्रमण घट्दै गएपछि जिल्लाका पाँच स्थानीय तह कोरोनामुक्त भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । कोरोनामुक्त भएका स्थानीय तहमा कोरोना परीक्षण पनि न्यून छ । 

दोस्रो लहरको कोरोना सुरु भएपछि घिरिङका १३४, ऋषिङका ९१, देवघाटका ९०, बन्दीपुरका २६८ र आँबुखैरेनी गाउँपालिकाका १११ सङ्क्रमित निको भएका छन् । जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ छ । व्यास  १६, शुक्लागण्डकीमा १४, भानुमा दुई र भिमाद नगरपालिकामा तीन तथा म्याग्दे गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

पछिल्लो समय पाँच हजार ३६६ जनालाई सङ्क्रमण पुष्टि भएको थियो । तीमध्ये पाँच हजार २०४ जना निको भएका छन् । पीसीआर परीक्षणका लागि छ हजार ८८६ र एन्टिजेन परीक्षणका लागि आठ हजार २५४ नमुना सङ्कलन गरिएको थियो । दोस्रो लहरमा जिल्लाका १२४ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

८६ हजारले लगाए खोप 
​​​​​​​जिल्लामा हालसम्म ८६ हजार २१६ ले खोप लगाएका छन् । तीमध्ये दुवै मात्रा लगाउनेको सङ्ख्या ६५ हजार ८३८ रहेको छ । पूरा खोप लगाउने मध्ये व्यासका १६ हजार ७४६, भानुका नौ हजार ४३६, शुक्लागण्डकीका १० हजार ६१, भिमादका छ हजार ५२५, म्याग्देका चार हजार ६४५, घिरिङका दुई हजार ७८८, ऋषिङका तीन हजार ७२९, देवघाटका तीन हजार पाँच सय ८९, बन्दीपुरका चार हजार ४७, आँबुखैरेनीका चार हजार २७२  छ ।  रासस 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021