पार्टी सदस्यलाई एमालेको अपिल: पार्टीको खातामा एक सय जम्मा गर्नू

काठमाडौँ, २५ कार्तिक । नेकपा एमालेले पार्टीको बैंक खातामा एक सय रूपैयाँ जम्मा गरिदिन अपिल गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बुधबार बसेको महाधिवेशन मूल व्यवस्थापन कमिटी बैठकले महाधिवेशनका लागि कम्तीमा एक सय रूपैयाँ पार्टी खातामा जम्मा गर्न आग्रह गरेको हो । एमालेले राष्ट्रिय बाणिज्य बैंक टेकु शाखामा १७–००१००००११५९००१ नम्बरको खातामा रकम जम्मा गर्न आफ्ना सदस्यहरूलाई अपिल गरेको छ।

पार्टीका सबै सदस्यहरुले महाधिवेशनको खर्चका लागि मोबाइलमार्फत् वा सो बैंकको खातामा कम्तीमा १०० रुपैयाँ जम्मा गर्न अपिल गरिएको पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताउनुभयो । एमालेले महाधिवेशनमा चन्दा नउठाउने निर्णय गरेको थियो ।

भट्टराईका अनुसार एमालेसँग हाल करिब ८ लाख पार्टी सदस्य छन् । उनीहरुबाट कम्तीमा १ सय रुपैयाँ उठाउँदा ८ करोड रुपैयाँ उठछ । एमालेले मंसिर १० देखि १२ मा चितवनमा दसौं राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

आज २०७८ मंसिर २२ गते बुधबार ।  मेष: कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक

काठमाडौँ, २१ मंसिर । शेयर बजार परिसूचक नेप्से आज ३७ दशमलव १८ अङ्कले घटेर दुई हजार पाँच सय ८ दशमलव ९०

काठमाडौँ, २१ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२२ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, २१ मंसिर । थप ३ सय १५ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २३ हजार

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021