कांग्रेस महाधिवेशनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, २५ कार्तिक । पटक–पटक कार्यतालिका परिवर्तन गरी पछिल्लोपटक मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको नेपाली कांग्रेसले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब कार्यतालिकामा कुनै हेरफेर नहुने र निर्धारित समयमै अधिवेशन सम्पन्न गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइएको बताए ।

महाधिवेशनको तयारीबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक पनि यही कात्तिक २८ गते आइतबार बस्दै छ । बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने तथा महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनहरू तयार पार्न संयोजकहरू तोक्ने बताइएको छ ।

निर्वाचन समितिले भदौ १८ देखि तल्लो तहको अधिवेशन प्रक्रिया अघि बढाए पनि आन्तरिक विवादका कारण अवरुद्ध भएपछि कात्तिक २७ देखि पुनः प्रक्रिया अघि बढाएको छ । यो समाचार नेपाल समाचार पत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । थप ३ सय १६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१  हजार

जनकपुरधाम, १५ मंसिर । महोत्तरीमा एक महिलाको हत्या भएको छ । गएराति लोहारपट्टी नगरपालिका–६ की रुबि मण्डलको हत्या भएको हो

काठमाडौँ, १५ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा ‍पक्राउ गरेको छ ।

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021